Thaha

Tuesday 30 April - 7:00 am NST

तीन दिनभित्र विवाद किनारा लाग्छ : शीर्ष नेता

काठमाडौं, १२ साउन । प्रमुख चार दलले विवादित विषय तीन दिनभित्र किनारा लगाउने दाबी गरेका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको चार दलका शीर्ष नेताको बैठकले सिमाङ्कन, धर्मनिरपेक्षता, नागरिकतालगायत विषयहरुलाई तीन दिनभित्र किनारा लगाउने समझदारी गरेका हुन् । बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताले दिएका राय, सुझावलाई सम्बोधन गर्नेगरी निरन्तर छलफल गरेर विवादित विषय टुंग्याउने समझदारी बनेको जानकारी दिनुभयो । 
संविधानको मस्यौदामाथि जनताको राय, सुझाव सकेसम्म सम्बोधन गर्ने गरी दलहरुबीच छलफल चलिरहेको गच्छदारको भनाई छ । उहाँले जनताका सुझावअनुसार मस्यौदा पुनर्लेखन हुने बताउनुभयो । प्रमुख दलले संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट मधेसवादी दलहरुसँग भोलिदेखि छलफल गर्ने गच्छदारले जानकारी दिनुभयो । 
गएको जेठ २५ गते चार दलबीच भएको १६ बुँदे सहमतिविपरीत संविधान मस्यौदामा जनताका सुझाव आएपछि दलहरु कसरी अगाडि बढ्ने भनेर गृहकार्य गरिरहेका छन् ।