Thaha

Saturday 27 April - 6:12 am NST

​बैदेशीक रोजगारीको अन्यौलता हट्यो , कामदार धमाधम पठाउने तयारी


सरस्वती अधिकारी,
काठमाण्डौ ११ साउन । वैदेशीक रोजगार व्यवसायीको आन्दोलन स्थगित भएसँगै विदेश जाने युवाहरु काठमाण्डाँै आउन थालेका छन् । सरकारले असार २१ गतेबाट मलेसीया लगायत ७ वटा मुलुकमा फ्रि भिसा फ्रि टिकको निर्णय लागु गरेपछि व्यवसायीहरुले म्यानपावर कम्पनि बन्द गरेर बैदेशीक रोजगारीमा विदेश पठाउने काम ठप्प परेका थिए । 


व्यवसायीहरुको आन्दोनलका कारण एक हप्ताभन्दा बढी समय काठमाण्डौंमा अलपत्र परेपछि घर फर्किएका युवाहरु काठमाण्डौं आउन थालेका हुन् । दुई हप्ताभन्दा लामो आन्दोलनपछि सरकारसँग सहमती गरेका म्यानपावर व्यवसायीहरुले कार्यालय खोलेपछि कामका लागि विदेश जाने युवाहरुको अन्यौलता पनि हटेको छ । 


व्यवसायीको आन्दोलनकै वीचमा सरकारले असार २१ गते अगाडी प्रकृया पुरा गरिसकेका २ हजार भन्दा बढीलाई व्यक्तिगत तथा संस्थागत श्रम स्विकृती दिएको थियो । उनीहरुलाई एक दुईदिनभित्रै उडाउने तयारी गरिएको म्यानपावर कम्पनिहरुले जनाएका छन् । 


काठमाण्डौंमा ७ सय ५८ वटा म्यानपावरहरु सञ्चालनमा छन् । रोजगार व्यवसायी सँघका अध्यक्ष विमल ढकालले श्रम सवीकृति लिईसकेकाहरुलाई एक दुई दिनभित्र टिकटको व्यवस्था गरी विदेश उडाइने बताउनुभयो । यसअघि श्रम लिईसकेका १० हजारभन्दा बढी युवाहरु पनि उड्न पाएका थिएनन् ।