संसद बैठक बस्दै
काठमाण्डौ ११ साउन । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकमा मन्त्रालयगत बजेट विनियोजनका सम्बन्धमा छलफल गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिनुभयो ।
सरकारले बिनियोजनमाथिको छलफलका लागि प्रतिबेदन तयार गर्न नसकेमा आज पनि यो विषयमा छलफल नहुने सचिवालयको भनाई छ । यस अघि ७ र १० गतेको बैठकमा बिनियोजन बिधेयकमाथि छलफल गर्ने कार्यसुचि तय भएपनि जिल्ला जिल्लामा बिनियोजन गरेको बजेटबारे सभासदलाई जानकारी नदिदा पछि धकेलिएको थियो ।
कुन जिल्लामा के–के शिर्षकमा कति बजेट बिनियोजन गरिएको छ, भन्ने बिषयको बिबरण तयार पार्न योजना आयोगले ढिला गरेका कारण छलफल हुन नसकेको अर्थमन्त्रालयको भनाई छ ।
संसदको हिजोको बैठकले राष्ट्रिय युवा परिषद् विधेयक–२०७२ लाई पारित गरेको थियो । विद्येयक पारीत भएसँगै नेपाली युवाहरुलाई देशको विकास निर्माणमा लगाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने बाटो खुलेको छ ।