Thaha

Monday 29 April - 12:50 am NST

पोल्ट्री व्यबसायमा भुकम्पको प्रभाब अझै बाँकी, कुखुरा पालक किसान पनि घटे

इश्वरी अधिकारी

काठमाण्डौं साउन ३ । भुकम्पपछि सुस्ताएको पोल्टी व्यबसाय अझै पुरानै अवस्थामा फर्कन सकेको छैन । भुकम्पका बेला बजार नपाएर पोल्टि जन्य उत्पादनबाट किसानले लागत मुल्य समेत उठाउन सकेका थिएनन् ।

व्यसायमा अहिले केहि सुधार आएपनि पुरानै अवस्थामा फर्कन भने अझै नसकेको कुखुरा व्यबसायि मन्चले जनाएको छ ।

९ रुपैयामा लागत पर्नेमा व्यबसायिले भुकम्पपछि प्रतिअण्डा पाँच रुपैया मात्रै पाएका थिए । अहिले भने कारोबारमा सुधार भएर किसानले झण्डै साँढे ८ रुपैया पाएका छन् । तर, लागत मूल्य भने नौ रुपैया पर्छ  । यस्तै उत्पादन लागत ५५ रुपैया पर्ने प्रतिचल्लाको मुल्य भुकम्प पछि १० रुपैयामा झरेकोमा अहिले ५५ रुपैयाँ पुगेको छ । तर, भुकम्प अघि चल्ला उत्पादकले ७० रुपैया पाउने गरेको मन्चले जनाएको छ । यस्तै तयारी कुखुराको मुल्य भुकम्पका बेला प्रतिकिलो १ सय २० मा झरेकोमा अहिले २ सय ३० पुगको छ, तर भुकम्प अघि प्रतिकिलो मुल्य २ सय ४० रुपैया थियो ।

अहिले किसानले अण्डामा मात्रै दैनिक १५ लाख घाटा व्यहोरेको मन्चका कार्यकारी अधिकृत शिब प्रसाद बरालले रेडियो थाहा सञ्चारलाई बताउनुभयो । भुकम्पपछि कखुरा पालन गर्ने किसान भने घटेको उहाँको भनाई छ । तर, केही किसान घटेपनि केहिले धेरै कुखुरा पालन गरेकोले उत्पादनमा भने कमी नआएको बरालले बताउनुभयो ।

अहिले नेपालमा चल्ला प्रति हप्ता २७ लाख ५० हजार, अण्डा दैनिक १९ लाख ५० हजार गोटा र कुखुरा दैनिक ५ लाख किलो उत्पादन हुने गरेको छ ।