Thaha

Friday 26 April - 6:23 am NST

आयल निगमले पेट्रोलिय पदार्थ भण्डारण क्षमता बढाउने

 

सन्चु ब्लोन

काठमाडौ, ३१ असार 

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भण्डारण क्षमता बढाउने भएको निगमले  काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पेट्रोल, डिजेल, मट्टीतेल, हवाई ईन्धन खाना पकाउने एलपी ग्यासको भण्डारण क्षमता बढाउने योजना सार्वजनिक गरेको हो

कार्यकारी  निर्देशक गोपाल बहादुर खड्काले आर्थिक बर्ष  २०७२/०७३ मा झापाको चारआली, रामेछापमा भण्डारण सुविधा बढाउने जानकारी दिनुभयो निगमले हवाइ इन्धनको लागि बाराको निजगढमा आधुनिक डिपो तथा भण्डारण सुविधाको काम अगाडी बढाउने, जनकपुरमा जग्गा पाए हवाई इन्धन डिपो राख्ने योजना सार्वजनिक गरेको

यस्तै आगामी आर्थिक वर्षमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको भण्डारणको क्षमता बढाउने भैरहवा, पोखरामा पनि हवाई इन्धनको भण्डारण क्षमता बढाउने इन्धन स्टेशनको निर्माण गर्ने योजना रहेको कार्यकारी निर्देशक खड्काले बताउनु भयो निगमले खाना पकाउने एलपी ग्याँस आपूर्ति सहज बनाउने नयाँ कार्यक्रम अगाडी बढाउने पनि निगमले घोषणा गरेको यसैबिच निगमले यसअघिको ऋिण कम गर्दै गएको जनाएको

गत बर्ष ३६ अर्ब ८६ करोड ७० लाख ऋण रहेकोमा अब २१ अर्ब ८८ करोड १० लाख रुपैयाँमा झरेको प्रवन्ध निर्देशक खड्काले जानकारी दिनुभयो