Thaha

Tuesday 17 February - 11:00 pm NST

धार्मिक मर्यादा अनुसारको पोशाक लगाउन दिन परिपत्र


विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २६ साउन । जिल्ला शिक्षा कार्यालय बाँकेले मुस्लिम धार्मिक मर्यादा अनुसार बिद्यार्थीलाई पोशाक लगाउन दिन सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र गरेको छ ।

मदरसा इस्लामिक संघ केन्द्रीय कार्यालय काठमाडौँले पोशाकका कारण मुस्लिम बालिकालाई विद्यालयले तोकेको पोशाक (मिड्डी र सट) लगाएर विद्यालय जान अपठेरो भई विद्यालय छोड्न थालेकोले विद्यालयले तोकेको रङ्गमा सरवाल, कुर्ता लगाउन छुट दिन आग्रह गरेपछि जिल्ला शिक्षा कार्यालयले सामुदायिक एवम् निजी विद्यालयलाई मुस्लिम धार्मिक मर्यादा अनुसार पोशाक लगाउन दिन आग्रहसहितको परिपत्र गरेको हो ।  

धार्मिक मान्यतालाई आत्मसाथ गरी सट र मिड्डी लगाउनु पर्ने बाध्यात्मक नियमलाई परिमार्जन गरी विद्यार्थीको इच्छा अनुसार विद्यालयले छानेको रङ्गकै पोशाकमा विद्यालय आउने बातावरण मिलाउन आग्रह गरिएको सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले बताउनुभयो ।