Thaha

Saturday 20 April - 7:20 pm NST

सिडनीमा तामाङ विद्यार्थी तथा ब्यवयासी सम्मानित


काठमाडौं, साउन १८ । 
तामाङ सोसाइटी सिडनीले अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट दिक्षीत भएका तामाङ विद्यार्थी तथा स्थानिय ब्यवसायीलाई सम्मान गरेको छ । सिडनीको केन्टबरीमा आइतबार आयोजित कार्यक्रममा अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट २०१० पछि दिक्षित भएका तामाङ विद्यार्थीहरू र स्थानीय व्यवसायीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा २५ जना विद्यार्थी र ६ जना व्यवसायीलाई अस्ट्रेलिया एन.एस.डब्यलुका लागि कन्सुलेट जनरल दीपक खड्काबाट सम्मान गरिएको हो । सम्मानित विद्यार्थीहरू तर्फबाट भनाई राख्दै संजय लामाले अष्ट्रेलियामा रहे पनि सबैले आफूले सकेको तहबाट नेपालको लागि पनि सोच्नु पर्ने र सकेको गर्नु पर्नेमा जोड दिन्ुभभयो । तामाङ समाज सिड्नीका महासचिव किशोर तामाङले सिडनीमा  भएका सबै तामाङहरू मलेर राम्रो काम गर्न आह्वान गर्नु भएको थियो । 
सम्मानित व्यवसायी निमा बम्जनले व्यवसाय गर्न आँट, सीप र लगनशीलता भए सफलता हासिल सकिने बताउनुभयो ।  सेन्ट्रल कुइन्सल्याण्ड विश्वविद्यालयका प्राध्यापक डा. टेक तामाङले पनि आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अधिति खडकाले सम्मान गर्ने कार्य निकै सराहनीय रहेको र नेपालको विकास हुन सबैको विकास हुनु पर्ने र फूलबारीको सबै फुल सप्रिए मात्र बगैँचा नै सुन्दर हुने अन्यथा राम्रो नदेखिने भन्दै सबै मिलेर नेपाल विकासको लागि लाग्नु पर्ने आवश्यकता औँल्याउनु भएको थियो। ।