Thaha

Thursday 25 April - 10:31 am NST

अख्तियार प्रमूखलाई महाअभियोग लगाउने बिषयमा संसदमा छलफल हुने

 

File Photo

काठमाडौं, १६ साउन । नयाँ सरकार गठन भएपछि अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा व्यवस्थापिका संसदमा छलफल हुने भएको छ । 
डाक्टर गोविन्द केसीका मागबारे संसदमा छलफल गर्नु पर्ने भन्दै सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल हुने भएको हो । सभामुख ओनसरी घर्ति मगरले प्रस्तावक सांसदहरुसहित प्रमुख दलका प्रमुख सचेतकहरुसँग आइतबार गरेको छलफलमा प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ । नयाँ सरकार बने लगत्तै प्रस्तावमा छलफल गर्ने सहमति भएको सांसद धनराज गुरुङले थाहासंचार नेटवर्कलाई जानकारी दिनुभयो । प्रस्ताव तत्काल सांसदहरुको अध्ययनका लागि पिजन होलमा पठाउने सहमति भएको र सभामुखले त्यसै अनुसार संसद सचिवालयलाई निर्देशन दिएको पनि गुरुङले बताउनुभयो ।