Thaha

Saturday 20 April - 3:14 am NST

नेपालगञ्ज जलमग्न

काठमाण्डौं, साउन ७ । अविरल बर्षाका कारण नेपालगन्जका अधिकांश ठाउँ जलमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका ५ सय धेरै घर, कार्यालय, बैंक र बित्तिय संस्था, क्लिनिक र डायग्नोष्टिक सेन्टरमा पानी पसेको छ । नेपालगन्ज जलमग्न भएसँगै सर्वसाधारण आज दिनभर बाहिर निस्कन सकेनन् ।  

गणेशपुर, फुल्टेक्रा, भृकुटीनगर, बेलासपुर, शान्तिनगर, आदर्शनगर, शितल नगर, कोरियनपुर, बुलबुलिया, गोसाइँगाउँ, कारागार क्षेत्र, सिद्धार्थ टोल, घरवारी टोल, कारकाँदो लगायतका क्षेत्र जलमग्न भएका नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसालले जानकारी दिनुभयो । त्यसक्षेत्रमा ७ दिनदेखि लगातार पानी परेको छ ।

बसपार्कस्थित विद्युत सव–स्टेशनमा पानी पस्न थालेपछि केहिबेर विद्युत आपूर्ती समेत बन्द गरिएको  थियो । सुर्खेतरोडमा रहेका बैंकिङ्ग कार्यालयहरुमा समेत पानी पसेको छ । विभिन्न स्थानमा पानीको निकास थुनिएर डुबानको जोखिम बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले जेसीभी चलाएर नाला खुलाएको छ । यस्तैगरी कोहलपुर नगरपालिका चप्परगौडीका करिव ५० घर डुवानमा परेका थिए । अहिले पानीको निकास भएपछि घरहरु सुरक्षित रहेका कोहलपुरका प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी   दिनुभयो ।

यसैवीत राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका बासिन्दा त्रसित भएका छन् । राप्ती नदीमा पानीको सतह ४ दशमलव ५१ मिटर पुगेको छ । पानीको सतह बढेसँगै फत्तेपुरको खल्ला झगरिया र होलियाको खडैचामा राप्ती नदीले कटान गरिरहेको स्थानीय दुर्गा प्रसाद पाण्डेले जानकारी दिनुभयो । र