Thaha

Saturday 20 April - 4:46 pm NST

चोरी भएको बालक होटलबाट उद्धार

 

काठमाडौं, १८ असार । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेका बालकलाई एक युवकले चोरी गरी भारत लैजान खोज्दा कोहलपुर प्रहरीले उद्धार गरेको छ ।
तुल्सीपुर नगरपालिका–९, बेल्वा दाङका गणेशबहादुर ओलीका ५ वर्षीय छोरा सिर्जन ओलीलाई बाँके महादेवपुरी गाविस–४, ढकेरीका २९ बर्षिय अम्मर खड्काले चोरी गरेर होटलमा राखेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बसपार्कमा रहेको होटलबाट उद्धार गरेको हो । सुत्केरी ब्यथाले च्यापेपछि आमासहित सानी आमा र मावलीतर्फका हजुरबुवासँग मेडिकल कलेज कोहलपुर पुगेका सिर्जनलाई ललाईफकाई गरेर ओलीले शनिबार दिउँसो १२ बजे चोरी गरेका थिए । चोरी गरेर खड्काले सिर्जनलाई अटो रिक्सामा राखेर बसपार्कस्थित एक होटलमा राखेको अवस्थामा दिउँसो पौने ४ बजे बसपार्कबाट सिर्जनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । 
बच्चा चोरी गर्ने खड्का भारतको गोवा बस्दै आएको र उनी हिजो मात्र नेपाल आएको अनुसन्धानबाट खुलेको काफ्लेले बताउनुभयो ।