Thaha

Saturday 20 April - 7:16 am NST

एसपी किरण बज्राचार्यलाई ट्राफिकिङ्ग ईन पर्सन टीआईपी हिरोज को सम्मान

काठमाण्डौं, असार १७ । नेपाल प्रहरीकी एसपी किरण बज्राचार्य सन् २०१६ का लागि ट्राफिकिङ्ग ईन पर्सन (टीआईपी) हिरो घोषित हुनुभएको छ । अमेरीकाले हरेक वर्ष घोषणा गर्दै आएको टीआईपी रिपोर्ट बर्ष हिरोजको सुचीमा भक्तपुर जिल्ला प्रहरी प्रमुख एसपी बज्राचार्य पर्नुभएको हो । महिला र बालबालीकाविरुद्ध हुने अपराध, बेचविखन नियन्त्रणमा महत्वपूर्ण अनुसन्धान तथा योगदान पुर्याएको भन्दै बज्राचार्यलाई २०१६ को टीआपी रिपोर्ट हिरो घोषणा गर्दै हिजो सम्मान गरिएको  हो  ।

एसपी बज्राचार्यले स्थानीय होटल र रेस्टुरेन्टबाटा बेचविखनमा परेका पीडित पत्ता लगाउने अभियानको नेतृत्व गरेको, महिला र बालबालीकामाथि हुने अपराध तथा बेचविखनविरुद्ध अनुसन्धानका लागि तालिमको विकास, प्रहरी पाठ्यक्रम तथा प्रशिक्षण कार्यक्रममा मानवअधिकारको स्तर, प्रहरी नैतिकता, लैगिक समानताका लागि योगदान दिएको भन्दै यो सम्मान प्रदान गरिएको हो ।

सन् २०१३ देखी १५ सम्म केन्द्रीय अनुसन्धान व्यूरोमा सुपरीटेन्डेन्ट रहंदा बज्राचार्य संगठीत अन्तराष्ट्रिय अपराध नियन्त्रण तथा १४ वटा मानवतस्करीको मुद्धामा व्यापक जाँचतथा अनुसन्धान गरी १० आपराधिक गिरोहका सदस्य पक्राउ गर्न सफल हुनुभएको थियो । नेपालबाट यसअघि शक्ति समूहकी चरिमाया तामाङ, न्यायाधीश टेकनारायण कुँवर र भीम लामा, गणेश श्रेष्ठ र कुमार गिरीले यो सम्मान पाईसक्नुभएको छ । 

बज्राचार्यजस्तै यो सूचिमा बहामासको राष्ट्रिय सुरक्षा मन्त्रालयका सचिव करेन रिग्बे, बोत्सवानाका प्रिसिला केडीबोन इजराईल, साईप्रसका रीटा सुपरम्यान, माउरिटानीयाका बिराम आबेईद र ब्राहिम रामधेन, पाकिस्तानका सैयद गुलाम फातिमा, रसीयाका ओलीरेमी बान्ओ केहीन्दे, हंगेरीका डा. क्रिस्टिना बेर्ता र सेनेगलका ईसा कोयूयाते पनि परेका छन् ।