Thaha

Thursday 18 April - 11:33 pm NST

बुद्ध मुर्ति हटाउने निर्णय सच्याउन माग


काठमाडौं, १६ असार । 
रुपन्देहीको सिदार्थनगर नगरपालिकामा रहेको सिदार्थ गौतम बुद्धको मुर्ति भएको ठाउँमा महाकवि लक्ष्मिी प्रसाद देवको शालिक राख्ने निर्णयप्रति विभिन्न बौद्धधर्मसंग सम्बन्धित संघसंस्थाले गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । नेपाल बौद्ध महासंघ, अखिल नेपाल भिक्षु महासंघ, नेपाल तामाङ घेदुङ, धर्मोदयसभा, नेपाल परम्परागत बुद्ध धर्मसंघलगायत संघसंस्थाले आज विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएकोे हो ।

पवित्र बुद्धभुमि लुम्बिनी परिसरमा रहेको मुर्ति एकलौटि र मनोमानि ढंगाले हटाउन खोजिएको भन्दै निर्णयले धार्मिमा आस्थामा ठेस पुगेको विज्ञप्तिमा उल्लेख छ । सिदार्थ गौतम बुद्धको मुर्ति अन्यत्रै सारी दोवकोटाको शालिक राख्ने निर्णय तत्काल सच्याउन ति संस्थाहरुले आग्रह गरेका छन् । असार १२ गते  प्रमुख जिल्ला अधिकारी विष्णु ढकालको अध्यक्षतामा बसेको बैठकले सिदार्थ गौतम बुद्धको मुर्ति हटाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक राख्ने निर्णय गरेको थियो ।  

विज्ञप्ति :