Thaha

Friday 22 May - 8:10 pm NST

घुससहीत सहायक बन अधिकृत पक्राउ


काठमाण्डौं, असार ३ । मकवानपुरको मनहरी ईलाका बन कार्यालयका सहायक वन अधिकृत रामकृण्ण कुश्ले घुससहीत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कुश्लेलाई आज दिउँसो घुससहीत पक्राउ गरेको हो ।

दोलखाको भिमेश्वर घर भई ईलाका वन कार्यालय मनहरी अन्तर्गत राक्सिराङ्ग क्षेत्र हेर्दै आएका कुश्लेले काठ कटान सम्बन्धि विषयमा ठेकेदारसँग एक लाख ८० हजार रुपैंया घुस लिईरहेको सुचनाको आधारमा अख्तियारको टोलीले हेटौंडाको राप्तिरोडबाट रंगेहात पक्राउ गरेको हो ।