Thaha

Saturday 20 April - 9:07 pm NST

छाडा कुकुरको नियन्त्रण गर्दै जिपसेका भक्तपुर

काठमाण्डौं, असार २ । छाडा कुकुरको संख्या बढेपछि नियन्त्रण गर्न जिल्ला पशु सेवा कार्यालय भक्तपुरले चाँडै कुकुरको स्थायी बन्ध्याकरण गर्ने भएको छ । सल्लाघारी चोकबाट दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्न लागेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नवीन घिमिरे उपाध्यायले जानकारी दिनुभयो ।

बन्ध्याकरण जिल्लास्थित भक्तपुर पशुकल्याण समाजसँग सहकार्य गरी सञ्चालन गरिने छ । कार्यालयले आवश्यक बजेट व्यवस्था गर्ने र समाजले आवश्यक प्राविधिक सेवा दिने छ । एउटा कुकुरको बन्ध्याकरण गर्न कम्तीमा   चार हजार लाग्छ । उहाँले बजेट थोरै भएकाले पहिलो चरणमा सल्लाघारीबाट दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका कुकुरको बन्ध्याकरण गर्न लागिएको बताउनुभयो ।

उहाँले छाडा कुकुरको व्यवस्थापन स्थानीय नगरपालिकाले गर्नुपर्ने र उनीहरुको दायित्व समेत भए पनि त्यसतर्फ चासो नदिइएको गुनासो गर्नुभयो ।