Thaha

Thursday 25 April - 7:49 pm NST

नुवाकोटमा बालुवाको ढिस्कोले पुरेर ३ जनाको मृत्यु

काठमाण्डौं, जेठ २७ । नुवाकोटको खड्गभञ्ज्याङ ९ स्थित खहरेमा बालुवाको ढिस्कोले पुरीएर आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिनी ट्रक चालक नुवाकोट दानसिंह–४ का ३४ वर्षिय बिकास तामाङ, २३ वर्षिय परिचालक प्रकाश तामाङ र खड्गभञ्ज्याङ–९ का २० वर्षिय शंकर राई रहेका छन् ।

तस्वीरः अनलाईनखबर

बिहान पौने ११ बजे स्थानिय राजु अधिकारीको जग्गामा रहेको बालुवा बा ३ ख ९७ ०९ नम्बरको मिनी ट्रकमा लोड गर्ने क्रममा ढिस्को भत्किएर पुरिँदा ३ नै जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मृतकहरुको शब पोष्टमार्टका लागि जिल्ला अस्तापल त्रिशुलीमा राखिएको छ ।