Thaha

Saturday 20 April - 2:06 pm NST

शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदै

वरिष्ठ संगीत साधक अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि   गरिंदैछ । गुरुङलाई नेपाल प्रहरी र सेनाको टुकडीले सलामी दिनेछ । नेपाली राष्ट्रिय गानका संगीतकार गुरुङ्गको ७९ बर्षको उमेरमा गएराति निधन भएको हो ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सनबाट पीडित गुरुङलाई अघिल्लो हप्ता ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । गुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शवयात्रासहीत पशुपति आर्यघाट लगिएको छ । उहाँको केहीवेरमा बौद्ध  र हिन्दु दुवै परम्परा अनुसार अन्त्येष्टि गरिनेछ ।

विक्रम संवत १९९४ सालमा भारतको दार्जिलिङ्गमा जन्मिएका गुरुङ्गको नेपाली सांगितीक क्षेत्रमा महत्वपूर्ण योगदान छ ।