Thaha

Wednesday 24 April - 4:51 pm NST

ग्रान्डी अस्पतालद्धारा काभ्रेस्थलीका बासिन्दालाई निशुल्क स्वास्थ्य परिक्षण


काठमाडौं, २० जेठ ।
ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले आज काभ्रेस्थलीका स्थानीयबासीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । काभ्रेस्थली स्वास्थ्य चौकीले आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा तारकेश्वर नगरपालीका अन्तर्गतका वडा नम्बर ४, ५ र ६ का स्थानीयको मुटु, पेट तथा मृगौलाको परिक्षण भएको हो । स्वास्थ्य शिविरमा अस्पतालका डाक्टरहरु कार्डियोलोजिष्ट डा. मिलन प्रकाश श्रेष्ठ, ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. एके कश्यप तथा रजिष्ट्रार नेफ्रोलोजिष्ट डा. उपेन्द्र जोशी, मेडिकल अफिसरहरु रामबाबु गुप्ता र समिर राम बैद्य लगायतले स्वास्थ्य जाँच गरेका छन् । ग्रान्डि अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क क्याम्पहरु नियमित रुपमा संचालन गर्दै आइरहेको जनाएको छ ।