Thaha

Monday 29 April - 5:21 am NST

छार गोङमा पत्रकारिता पुरस्कार डाजाङलाई


काठमाडौं, १९ जेठ । 
छार गोङमा मासिकले हरेक वर्ष प्रदान गर्दै आएको ‘छार गोङमा पत्रकारिता पुरस्कार २०७३’ तामाङ डाजाङ मासिकलाई प्रदान गरिएको छ । छार गोङमा मासिकले १३ औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौं पुतलीसडकस्थित नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा काठमाडौं महानगरपालिका कार्यकारी प्रमख  रूद्रसिं तामाङले पुरस्कार प्रदान गर्नुभयो । तामाङ भाषामा प्रकाशित एक मात्र साहित्यीक मासिक पत्रिका डाजाङलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिएको हो । 
पत्रकारिताको माध्यमबाट तामाङ भाषा, साहित्य, संस्कृति, गीतसङ्गीतको विकास तथा उत्थानमा विशेष योगदान पुर्याउनेलाई सम्मान गर्ने उद्देश्यले छार गोङमा मासिकले तीन वर्ष अघि यो पुरस्कार स्थापना गरेको सम्पादक प्रतिक तामाङले बताउनुभयो । यसअघि तामाज समाज डटकम र म्हेन्दोला फोले टेलिभिजन कार्यक्रमलाई “छार गोङमा पत्रकारिता पुरस्कार” प्रदान गरिएको थियो । कार्यक्रमका क.म.पा.का कार्यकारी अधिकृत रूद्रसिंह तामाङले शुभकामना दिदै तामाङ पत्रपत्रिका प्रकाशन हुदै आएपनि निरन्तरता दिन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । भाषाविद् अमृत योञ्जन–तामाङले अब दैनिक अथवा सप्ताहिक रुपमा तामाङ पत्रपत्रिका र अनलाइन ल्याउनुपर्ने अति आवश्यक रहेको बताउनुभयो ।