Thaha

Saturday 20 April - 12:38 pm NST

सिडनी तामाङ समाजको अध्यक्षमा अरुण तामाङ


काठमाडौं, २० जेठ । 
नेपाली तामाङ कला संस्कृति संरक्षणमा लागिरहेको ‘तामाङ सोसाईटी सिडनी एनएसडब्लुको नयाँ कार्यसमिती चयन भएको छ । सिडनीकोकेन्टबेरीमा अवस्थित हलमा सम्पन्न भएको बैठकले अरुण तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ समितिको चयन गरेको हो । यस्तै सहअध्यक्षमा सुनदोर्जे तामाङ, उपाध्यक्षहरुमा दिल तामाङ र सरस्वती लामा चयन हुनु भएको छ भने महासचिवमा किशोर तामाङ, सचिवमा प्रविन पाख्रिन, कोषाध्यक्षमा योन्ज तामाङ र उपकोषाध्यक्षमा मोबित तामाङ निर्वाचत हुनु भएको छ । 


‘तामाङ सोसाईटी सिडनीले सिडनीमा रहेको तामाङहरूलाई एकीकृत गर्दै सामाजिक, संस्कृति संरक्षण र प्रवर्धन गर्ने काम गर्दै आएका अध्यक्ष अरुण तामाङले बताउनुभयो ।  सन् २००९ मा स्थापना भएको समाजले विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, आर्थिक सहयोग र छलफल कार्यक्रम गर्दै आएको छ ।