Thaha

Wednesday 24 April - 10:53 pm NST

सिरहामा इँटाको वालले पुरिँदा २ जनाको मृत्यु


काठमाडौं, १६ जेठ । 
सिरहाको गोलबजार नगरपालिका ६ स्थित सागर इँटा उद्योगमा आज बिहान इँटाको वाल भत्किदाँ दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गालकी ३५ वर्षीया अलिना खातुन र सोही स्थानका ६० वर्षीय असरफ अली रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार भारत बङ्गालकै ३५ वर्षीया राहिल्या खातुन गम्भीर घाइते हुनु भएको छ । मृतक खातुन र अलीको गोलबजारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।