Thaha

Friday 19 April - 5:11 am NST

चलचित्र पहिचान राष्ट्रिय नाचघरमा एकहप्ता सम्म प्रदर्शन हुने


काठमाडौं, १४ जेठ । 

तामाङ चलचित्र पहिचान राष्ट्रिय नाचघर जमलमा एक हप्तासम्म प्रदर्शन हुने भएको छ । आज नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलय पुतलीसडकमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माता तथा निर्देशकले हरेक दिन दुइ सो चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो । कुनै कालखण्डमा राज्यद्धारा जातिय विभेदमा पारिएको कारण जाँगिर खाना र सरकारी सेवामा प्रवेस गर्न आफ्नो जात नै परिवर्तन गर्नु परेको नेपालका तामाङ जातिको वास्तविकतालाई उजागार गरिएको पहिचान चलचित्र यहि जेठ १५ गते शनिबारदेखि २१ गते सम्म देखाइने निर्देशक धोर्जे तामाङले जानकारी दिनुभयो ।


राष्ट्रिय नाचघर जमलमा दैनिक दिउँसो २ र ५ बजे गरी दुइ पटक चलचित्र देखाइनेछ । चलचित्र पहिचानले थुप्रै पुस्कार पाइसकेको र देशका विभिन्न ठाउँमा प्रदर्शन भइसकेकोले एक हप्ता नाचघरमा हुने प्रदर्शनमा दर्शकको माया पाउँने अपेक्षा रहेको निर्माता राजु तामाङले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँका अनुसार चलचित्र पहिचान विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवमा प्रदर्शन भएर पुरस्कार समेत पाएको छ । पहिचान चलचित्रले आठौं नेपाल अन्तरास्ट्रिय आदिबासी जनजाती चलचित्र महोत्सव २०१४ मा नेपालको तर्फबाट ५ दर्जन भन्दा बढी सहभागी चलचित्रहरु मध्ये उत्कृष्ट चलचित्रको अवार्ड “ नेपाली पानोरमा अवार्ड २०१४“ प्राप्त गर्न सफल भएको थियो । देशभित्र चितवन, हेटौंडा, लमजुङ, गोर्खा, रसुवा, सिन्धुली, पोखरा, काठमाडौंका साथै देश बाहिर अमेरिका, मलेसियामा पनि प्रदर्शन भएर दर्शकबाट राम्रो प्रतिकृया पाएको निर्देशक धोर्जे तामाङले बताउनुभयो । 


आदिवासी जनजाति चलचित्र महासंघको पहलमा अहिले राष्ट्रिय नाचघरमा आदिवासी जनजातिका विषयवस्तु र भाषामा निमार्ण भएका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । आदिवासी जनजातिका चलचित्र प्रदर्शनका लागि हल नपाउने र पाएपनि दर्शकको कमिका कारण समस्या भागिरहनु परेकोले राष्ट्रिय नाचघरसंग अनुरोध गरेर चलचित्र प्रदर्शन गर्ने प्रबन्ध मिलाएको महासंघका अध्यक्ष अमृत सुनुवारले बताउनुभयो । नाचघरले ६ महिना सम्म आदिवासी जनजातिका चलचित्रलाई प्रवद्र्धनका लागि हल सहुलियतमा उपलब्ध गराएकोले भाषाभाषिका चलचित्र प्रदर्शन हुने क्रममा रहेको उहाँको भनाइ छ । सुनुवारको अनुसार जेठ १ गतेबाट शुरु भएकोमा नेवाः भाषा र मगर भाषाका चलचित्र एक÷एक हप्तासम्म प्रदर्शन भइसकेका छन् । तेस्रो हप्तादेखि तामाङ चलचित्र प्रदर्शन हुन लागेको हो । त्यसपछि गुरुङ, राई चलचित्र प्रदर्शन हुने महासंघका अध्यक्ष सुनुवारले बताउँउनुभयो ।