Thaha

Tuesday 07 May - 9:28 pm NST

रातो मछिन्द्रनाथको रथ आज महिलाले मात्रै ताने


काठमाडौं, ६ जेठ । 
रातो मछिन्द्रनाथको रथ आज बिहान महिलाले तानेका छन् । लगनखेलको छेउदेखि इटिटोल सम्म महिलाले मात्र रथ तानेका हुन् । वर्षा र सहकालका देवताका रुपमा लिइने रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट पाटनका विभिन्न ठाउँहुदै लगनखेल पु्¥याएर केहि दिन राखेपछि साइत हेरेर नरिवल खसालिन्छ ।

लगनखेलबाट इटिटोल तर्फ केहि तल राखिएको रथको टुप्पोबाट हिजो बेलुकी नरिवल खसालिएको हो । नरिवल खसालेको भोलिपल्ट बिहानै महिलाले मात्र रथ तान्ने परम्परा रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । इटिटोलमा रहेको रथलाई अब साइत हेराएर जावालाखेल लगेपछि भोटो देखाइनेछ । झण्डै एक हजार ६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म झण्डै दुई महिनासम्म मनाइन्छ ।