Thaha

Wednesday 08 May - 4:02 am NST

हिमाल आरोहणका क्रममा अलपत्र २० जनाको सकुशल

Caption

 काठमाडौं, १ जेठ । मनाङ र मुस्ताङको सीमा क्षेत्र सारेबुङ हिमाल आरोहणका क्रममा शुक्रबादेखि अलपत्र परेका दुई जर्मन नागरिकसहित २० जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये जर्मन नागरिक ४८ वर्षीय टोबिस ग्र्रोनेन, उनकी श्रीमती ४४ वर्षीया गडरुन इनग्रिड जिरम्यानन, विरामी अबस्थामा रहेका नेपाली नागरिकहरु नुवाकोट लच्याङ गाविस–३ वस्ने २६ वर्षीय होमबहादुर घलान तामाङ र सोही गाबिस–२ वस्ने १९ वर्षीय आइते तामाङ गरी ४ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ । 
मनाङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी जगन्नाथ गौतमका अनुसार ग्लान र तामाङको आँखा, हात र पैताला हिउँले खाएको छ । अरुको अवस्था सामान्य रहेको र बाँकी १६ जनालाई मनाङको फु गाविसको गुम्बामा राखिएको डिएसपी गौतमले बताउनुभयो । मुस्ताङबाट हिंडेका उनीहरु ६ हजार ३ सय ४६ मिटर अग्लो सारेबुङ हिमाल चढेर शुक्रबार बिहान मनाङको फु गाविसतर्फ फर्कदै थिए । दिउँसो चुचुरोभन्दा केही तल अर्थात ५ हजार ९ सय ४० मिटर उचाइमा झरेलगत्तै ठुलो हावाहुरी आएकाले बाटो भुलेर उनीहरु अलपत्र परेका थिए । त्यहाँ पुग्न मनाङ सदरमुकाम चामेबाट ४ दिन पैदल हिँड्नु पर्ने प्रहरीले जनाएको छ । शुक्रबार प्रतिकूल मौसमका कारण उद्धार उनीहरुको उद्धार गर्न सकिएको थिएन । आज बिहान साढे ५ बजेदेखि उद्धार कार्य सुरु गरिएको र सिम्रिक एयरको हेलिकप्टरबाट ‘लङ रोप रेस्क्यू टिम’ ले उद्धार गरेको फ्रेन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो ।