Thaha

Tuesday 07 May - 6:59 pm NST

आम जनतासमक्ष क्षमायाचना गर्न एबीसी टेलिभिजनलाई काउन्सिलको निर्देशन

File ph

 काठमाडौं, ३० बैशाख । प्रेस काउन्सिल नेपालले विखण्डनको अभिव्यक्ति दिने सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ । 
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले एविसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो । ०७२ साल चैत १७ गते एबिसी टेलिभिजनको ‘एबीसी वाच’ कार्यक्रममा लिइएको राउतसँगको अन्तर्वार्ताबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको र पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन भएको भन्दै काउन्सिलले क्षमायाचना गर्न निर्देशन दिएको हो । एविसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउँदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । जवाफमा टेलिभिजनले अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।
काउन्सिलले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पु¥याएको  र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर गरेको छ ।