Thaha

Tuesday 07 May - 3:26 pm NST

आज अन्तर्राष्ट्रिय नर्स दिवस, नेपालमा पनि मनाइँदै


काठमाडौं, ३० बैशाख ।

आज अन्तर्राष्ट्रिय नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वास्थ्य प्रणालीको सुधार गर्न नर्स परिवर्तनको संवाहक’ भन्ने नारासहित नेपालका नसिर्ङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले आज विभिन्न कार्यक्रम गर्दैछन् । दिवसको अवसरमा विहान  काठमाण्डौंमा प्रभातफेरि निकालियो । सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको प्रभातफेरि थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुदै खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको नर्सिङ एशोसियन अफ नेपालका सल्लाहकार सरला रेग्मीले जानकारी दिनुभयो ।

आधुनिक नसिर्ङका संस्थापक फ्लोरेन्स नाईटिङगेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नसिर्ङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्ष मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । नेपालमा अहिले ६० हजार भन्दा बढी नर्स रहेको नेपाल नर्सिङ काउन्सिलले जनाएको छ । नेपालमा रहेका कुल नर्समध्ये एक प्रतिशत मात्रै पुरुष नर्सहरु छन् । वर्षेनि ५ हजारको दरले नर्सहरु उत्पदान हुने गरेको तर उनिहरुको रोजगारीको अवसर थोरै मात्र रहेको रेग्मीले बताउनुभयो ।

विभिन्न निजी अस्पतालले नर्सहरुलाई श्रम शोषण गरेको, महिनौ सम्म पारिश्रमीक नदिने गरेको र सरकारले पनि नर्सहरुको दरबन्दी आवश्यकता अनुसार नखुलाउँदा समस्यामा रहेको नर्सिङ एशोसियसनले जनाएको छ । कामका लागि स्वदेशमा भन्दा विदेशमा नेपाली नर्सको माग बढ्दो छ ।