Thaha

Wednesday 08 May - 5:37 am NST

आगलागीका कारण घस्रिने जनावर र चराचुरुङ्गी ठूलो संकटमा

File Photo

काठमाडौं, २५ बैशाख । देशका विभिन्न ठाउँमा भएका आगलागीबाट वन्यजन्तु र चराचुरुङ्गीमा सबैभन्दा बढी क्षति पुगेको छ । जनावरविद्हरुका अनुसार सर्प लगायत घस्रिने जनावर सबैभन्दा धेरै मरेका छन । 
मुख्य वनक्षेत्र र निकुञ्जहरुमा लागेको आगोले भर्खरै जन्मिएका स–साना जनावरलाई बढी क्षति पुगेको छ । केही घाईते अवस्थामा रहेका जनावरविद्हरुले बताएका छन् । रैथाने चराहरु पनि आगलागीका कारण संकटमा परेका चराविद् डाक्टर हेमसागर बरालले बताउनु भयो । उहाँका अनुसार नेपालमा पाईने रैथाने चराहरु मध्ये झण्डै ८० प्रतिशतको अहिले प्रजननको समय हो । त्यस मध्य ५० प्रतिशतले झाडी वा भुँइमा गुँड लगाउने गर्छन् । त्यस्ता धेरै चारहरु आगलागीका कारण मरेको बरालले बताउनु भयो । नेपालमा ६ सय ५० प्रजातिका चरा रैथाने छन  । एउटै वन क्षेत्र, निकुञ्ज, आरक्ष लगायतमा पटक पटक आगलागी भएकाले पनि जनावर र चराको क्षति भएको बरालले बताउनुभयो । 
चराहरुले एक पटक प्रजनन् क्रिया असफल भएमा लगत्तै दोस्रो प्रयास गर्ने तर त्यो पनि प्रयास सफल नभएमा उनीहरुमा बाँझोपन लगायत विभिन्न खालका समस्या निम्तिने बरालको भनाई छ ।