Thaha

Saturday 04 May - 7:46 am NST

महाभूकम्प गएको एक वर्ष / रेडियो थाहाको कविता वाचन

 काठमाडौं, १२ बैशाख । ठीक एक बर्षअघि आजकै दिन बैशाख १२ गते गएको महाभूकम्पको स्मृतिमा थाहा सञ्चार नेटवर्कले काठमाडौंमा कविता वाचन र शान्ति दीप प्रज्वलन ग¥यो ।

अल ईन वान मार्ट मिनभवनमा भूकम्पको एक वर्ष पीडा बिर्सर्दै कर्तव्य सम्झँदैं  शीर्षकमा कविता वाचन कार्यक्रम गरिएको हो । कार्यक्रममा वरिष्ठ गीतकार एवं चलचित्रकर्मी यादव खरेल, कवि तथा गीतकार राजेन्द्र थापा, साहित्यकार मोमिला, उषा शेरचन, विप्लप ढकाल, कवि दिनेश अधिकारी, रमेश पौडेल लगायत ३३ जनाले रचना वाचन गरेका थिए । वरिष्ठ गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक तथा संगीतकार विश्व नेपालीले गीतकार थापा र खरेलका गीतहरु प्रस्तुत गर्नुभयो ।

रेडियो थाहा सञ्चारका सञ्चालक व्यवसायी एवं समाजसेवी अजयराज सुमार्गी, रेडियो थाहा सञ्चारकी अध्यक्ष अस्मिता सुमार्गीले यस्ता कार्यक्रमबाट समाजमा राम्रो विचारले ठाउँ पाउने विश्वास व्यक्त गर्नुभयो । बेलुकी त्यही ठाउँमा भूकम्पीय जोखिम सचेतना तथा महाभूकम्पमा परी दिवंगत आत्माहरुको चिरशान्तिको कामनासहित शान्ति दीप प्रज्वलन एवं सर्वधर्म प्रार्थनासभा गरिएको थियो । हिन्दू, इसाई, क्रिश्चियन, बौद्ध, शिखसहित सम्पूर्ण धर्म गुरुहरुको उपस्थितिमा दीप प्रज्वलन गरिएको रेडियो थाहा सञ्चारका म्यानेजर पवनराज पौडेलले जानकारी दिनुभयो ।