Thaha

Saturday 04 May - 2:44 am NST

भ्रष्टाचारको आरोपमा पत्रकार कनकमणि दीक्षित अख्तियारद्वारा पक्राउ

Jour. Kanak Mani Dixit

 काठमाडौं,१० बैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दिक्षितलाई पक्राउ गरेको छ । 
गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धानका लागि दीक्षितलाई ललितपुर पाटनमा रहेको आफ्नै निवासबाट शुक्रबार प्रहरीले पक्राउ गरेको होे । प्रवक्ता कृष्णहरि पुस्करले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको जानकारी दिनुभयो । दीक्षितले गत पुस ३० गते सम्पत्ति विवरण फाराम भरेर बुझाएकोमा चित्त नबुझेको भन्दै अख्तियारले पुनः बोलाएको थियो । थप स्पष्टताको लागि आयोगमा बोलाइए पनि पत्रकार दिक्षितले अटेर गरेपछि त्यसबाट कानुन उल्लंघन भएको ठहर गर्दै अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियारले स्पष्ट पारेको छ । 
दीक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको, आर्थिक हिनामिना गरी स्वदेशी–बिदेशी विभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, अमेरिकामा घरजग्गा किनेको उजुरीको आधारमा पक्राउ गरिएको अख्तियारले प्रष्ट पारेको छ । त्यस्तै, स्वर्गीय मदनशमसेर राणा र उहाँकी श्रीमती जगदम्बा राणाका नाममा रहेका चल–अचल सम्पत्ति गैरकानूनी रुपमा पत्रकार दीक्षितले आफ्नोमा नामसारी गरेको भन्ने लगायतउजुरी दीक्षितविरुद्ध आयोगमा परेको थियो ।