Thaha

Saturday 04 May - 10:43 am NST

एली तामाङलाई शरिन र कविताको झण्डै ४ लाख रुपैया सहयोग


काठमाण्डौं, ३० चैत । 
सुनसरी इटहरीका एली तामाङलाई एजराइलमा कार्यरत दुइजना नेपाली दिदीबहिनीले करिब ४ लाख रुपैया सहयोग गरेका छन् । नर्सिङका बिद्यार्थी एली तामाङलाई कलेजमा पैसा बुझाउन नसक्दा प्रमाणपत्र नदिइएको समाचार आएपछि इजराइलमा कार्यरत् शरिन ख्युङबा तामाङ र हङकङमा कार्यरत् कविता सिन्जापति मगरले ३ लाख ८९ हजार १ सय ८० रुँपिया सहयोग उपलब्ध गराउनु भएको हो ।

सो सहयोग रकम सोमबार नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलय पुतली सडकमा घेदुङका अध्यक्ष मोहन गोलेले एली र उहाँको बुबा लालबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो । शुल्क नतिरेको भन्दै चारित्रिक प्रमाणपत्र नर्सिङ कलेजले रोकेको कारणले एलीले नर्सिङ परिषद्को जाँच दिन नपाएको समाचार आएको थियो ।