Thaha

Saturday 21 September - 11:05 am NST

नियम विपरित सवारी चलाउने दुइ हजार बढि चलाक कारबाहीमा


काठमाण्डौं, २३ चैत । 


काठमाडौं उपत्यकामा ट्राफिक नियम बिपरित सवारी चलाउने २ हजार ४ सय २९ जना चालक कारवाहीमा परेका छन् । पछिल्लो २४ घण्टामा भएको कारवाहीमा पर्नेमा सबैभन्दा बढी लेन अनुशासन पालना नगर्ने ८ सय ३ जना रहेका छन् । जथाभावी यात्रु चढाउने ओराल्ने ६ सय ६४, निषेधित ठाउँमा पार्किङ गर्ने १ सय ३३, अवस्था ठिक नभएको सवारी चलाउने १ सय ३, मादक पदार्थ सेवन गरी सवारी चलाउने ५३ जना रहेका छन् ।

कारवाहीबाट ७ लाख ५८ हजार ५ सय २५ रुपैयाँ राजश्व संकलन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ८६ गाडिमा ६७ हजार ३ सय १६ यात्रु उपत्यका भित्रिँदा ७ हजार ६ सय ६९ गाडिमा ६९ हजार ७ सय ५९ यात्रु बाहिरिएका छन् । २४ घण्टामा उपत्यकामा १९ वटा सवारी दुर्घटना हुँदा ९ जना घाइते भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।