Thaha

Saturday 21 September - 11:36 am NST

आज बझाङमा भुकम्प, दोलखामा पराकम्प

 
काठमाण्डौं, २२ चैत । 
आज बिहान बझाङ केन्द्र भएर भुकम्प गएको छ । बिहान ९ बजेर ४० मिनेट जाँदा बजाङको शैपाल क्षेत्र आसपास हुदै ४ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसबैचि आज विहान गोरखा भूकम्पको पराकम्प पनि गएको छ । दोलखाको सुनखानी आसापासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर विहान १० बजेर १६ मिनेटमा ४ दशमलब ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्र भएर बनाएर ४ रेक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ को शक्तिशाली गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ४५ परकम्प गएको केन्द्रको तथ्थांक उल्लेख छ ।