Thaha

Wednesday 07 October - 5:30 pm NST

काभ्रेपलाञ्चोकको पनौतीमा श्रीमानद्धारा श्रीमतीको बन्चरो प्रहार गरी हत्या


काठमाण्डौं, २१ चैत । 
काभ्रेपलाञ्चोकमा गएराति घरायसी झगडाका क्रममा श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । पनौती नगरपालिका–१३ पस्थलीका ३४ वर्षीय रामशरण थापाले श्रीमती २८ वर्षीया सम्झना थापाको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले थाहा सन्चार नेटवर्कलाई जानकारी दिनुभयो ।

गाउँमा सप्ताह चलिरहेकाले घटनाको बारेमा स्थानीय बासिन्दाले बिहान मात्रै थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । थापालाई घरमा बसिरहेका बेला पक्राउ गरी जिल्ला प्रहरी कार्यलयमा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । थापा दम्पतीका  नाबालक छोरा दुई छोरा छन् ।