पोशाक नलगाएका निजामति कर्मचारी सिंहदरबार गेटबाट छिर्न पाएन, आज मात्रै ७० जना फर्किए
काठमाण्डौं, १४ चैत । सन्चु ब्लोन ।
तोकिएको पोसाक नलगाउने १ सय ८४ निजामति कर्मचारी आज कारबाहीमा परेका छन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका क्रममा अनुगमन गर्दा १ सय ८४ जनाले तोकिए बमोजिम पोशाक नलगाएको पाइएपछि कारबाहीमा परेका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पोशक नलगाएका ७० जना कर्मचारीलाई सिहंदरबार प्रवेस गर्न नदिएको मन्त्रालयका प्रबक्ता कमलप्रसाद भट्टराईले थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो ।
सिंहदरबारभित्र कार्यरत सबै निजामती कर्मचारीलाई अनिवार्य तोकिएको पोसाक लगाउन कडाइ गर्दै एक हप्ता अघिदेखि कार्यलय प्रवेसको समयमा अनुगमन थालेको मन्त्रालयले सिंहदरबारका ३ वटै गेटमा अनुगमन टोली खटाएको छ । अनुगमान थालेको पहिलो दिन ३ सय ७४ जना र दोस्रो दिन १ सय ५० जनाले पोशाक नलगाएको पाइएकोले नाम संकलन गरेर सम्बन्धित मन्त्रालयमा पठाएको प्रबक्ता भट्टराईले बताउनुभयो ।
निजामती कर्मचारीलाई सरकारले पोसाकबापत वार्षिक रुपमा ७ हजार ५ सय रुपैयाँ भत्ता दिदै आएको छ । भत्ताको ब्यवस्था गर्दा समेत कर्मचारीले अनुशासन पालना नगरेको गुनासो बढेकाले अनिवार्य पोशाक लगाउन परिपत्र गरिएको र त्यसको पनि पालनामा अटेर गरेपछि अनुगमन गरी कारबाही थलेको प्रबक्ता भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले अनुगमनका लागि तीन वटै प्रवेशद्वारमा बिहान साँढे ९ देखि ११ बजेसम्म कर्मचारी खटाउने गरेको छ ।