Thaha

Saturday 21 September - 11:08 am NST

गम्दु तामाङको घरमा बेलायती राजकुमारको सत्कार

काठमाण्डौं, चैत ८ । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्वारी लमजुङको गौडा—७ लेउरानीमा रहेको बेलायती सेनाका सेवा निवृत्त गम्दु तामाङको घरमा बास बस्न पुग्नुभएको छ । त्यहाँ राजकुमार ह्यारीलाई गम्दुकी पत्नी ८७ बर्षीया मंगली तामाङले  स्वागत  गर्नुभएको छ । गम्दुको भने ३० वर्षअघि निधन भएको थियो ।  

स्थानीय आमा समूह र युवा क्लबले ह्यारीलाई सांस्कृतिक कार्यक्रम देखाएका छन् । राजकुमार ह्यारीको सुरक्षाका लागि बेलायती सैनिक क्याम्प पोखरा र जिल्ला प्रहरीले सुरक्षाको विशेष प्रबन्ध मिलाएका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन, जलयात्रा, होमस्टे अवलोकन र जंगल सफारी गरी राजकुमार ह्यारी लमजुङ्गको गौंडा भीरकुना पुग्नुभएको हो । त्यहाँ आफ्नो मौलिक भेषमा सजिएका स्थानीय गुरुङ समूदायले सेतो टीका लगाईदिएर परम्परागत रुपमा राजकुमारको स्वागत गरे । ह्यारीले विनासकारी भूकम्पले क्षति पुर्याएको भूतपूर्व गोर्खा सैनिकका घर पुगेर तिनका परिवारसँग कुराकानी गर्नुभएको छ ।

बिहानै हेलिकोप्टर चढेर बर्दिया निकुन्ज पुगेका राजकुमार ह्यारीले जलयात्रा गर्नुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गर्नुभएको छ । राजकुमार ह्यारीले गँैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गर्नुभयो । त्यसपछि झन्डै आधा घन्टा जंगलमाा पैदलयात्रा गर्नुभएको थियो । पैदल यात्राका क्रममा ह्यारीले बाघ संरक्षणका लागि बाघको गतिविधि ट्रापिङ गर्दै आएको क्यामरा अवलेकान तथा ट्रयापिङ प्रविधिबारे जानकारी लिनुभएको छ । प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनुभयो ।

निकुञ्जका विभिन्न चार ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए । निकुन्जमा जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू होमस्टेको अवलोकन गर्नुभयो । थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो ।