Thaha

Saturday 21 September - 11:24 am NST

नेपालमा पहिलोपटक आर्थ्रोस्कोपि सम्बन्धि कार्यशाला सम्पन्न


काठमाण्डौं, ८ चैत । 
नेपालमा पहिलोपटक भिडियो क्यामेरा र दूरबिन प्रबिधि (आर्थ्रोस्कोप)बाट घुँडाको चोटको उपचार सम्वन्धि क्याडाभरीक कार्यशाला सम्पन्न भएको छ । नेपाल आर्थ्रोस्कोपि  संघको आयोजनामा मृत शरिरमा प्रयोगात्मक अभ्यास सहित गरीने आथ्र्रोस्कोप कार्यशाला आइतबार सम्पन्न भएको हो । काठमाडौंको धापासीमा हरेको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा कार्यशालाको सैद्धान्तिक र शैक्षिक कक्षा सन्चालन गरिएको थियो भने प्रयोगात्मक कक्षा त्रिबि चिकित्शा शास्त्र अध्ययन संस्थान महाराजगंज क्याम्पसको फरेन्सिक मेडिसिनको सहयोगमा एनाटोमी ल्याबमा संचालन गरीएको थियो ।


कार्यशालामा आर्थ्रोस्कोपि  सोसाइटी अफ नेपाल आसोनका अध्यक्ष डा.चक्रराज पाण्डे, उपाध्यक्ष डा. शिशिर लाखे, महाँसचिव डा. अर्जुन लामिछानेसँगै अन्य बिशेषज्ञहरु डा.इशोर प्रधान, डा.अमित जोशी, डा.रुपेश कुमार बैद्य, डा.सुदिप बैद्य, डा.अर्जुन श्रेष्ठ, डा.चन्द्र बहादुर मिश्र लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा डायग्नोष्टिक आर्थ्रोस्कोपि , एन्टेरियर क्रुसियट लिगामेन्ट रिकन्स्ट्रक्सन लगायतका सिपहरुवारे सहभागिहरुलाई प्रयोगात्मक र ब्यवहारिक प्रशिक्षण दिइएको थियो । घुँडामा चोट लागेका बिरामीहरुको भिडियो क्यामेरा र दूरबिन प्रबिधिबाट उपचार गर्न आवश्यक आधारभूत तथा एडभान्स सीपहरु आर्थ्रोस्कोपि  सर्जनहरुलाई सिकाउन आयोजना गरिएको कार्यशालामा बिभिन्न अस्पतालमा  कार्यरत २९ जना अर्थोपेडिक सर्जनहरु सहभागि रहेको आसोनका अध्यक्ष डा.चक्रराज पाण्डेले जानकारी दिनुभयो । 


यसैबीच, आथ्र्रोस्कोपि सोसाइटी अफ नेपालले आफ्नो संस्थाको औपचारीक शुभारम्भ कार्यक्रमसँगै यस क्षेत्रमा योगदान दिने बरिष्ठ आर्थ्रोस्कोपि सर्जनहरुलाई सम्मान समेत गरेको छ ।