Thaha

Saturday 21 September - 11:13 am NST

अक्षय कोषका लागि प्रचण्ड निवास लाजिमपाटमा होली


काठमाण्डौं, ८ चैत । 
सहिद बेपत्ता परिवारका छोराछोरीहरुको पठन पाठनका लागि अक्षयकोष स्थापना गर्न आज एकिकृत नेकपा माओवादी अधयक्ष पुष्पकमल दाहाल निवास लाजिमपाटमा होली कार्यक्रम आयोजना गरिएको छ । सुदुरपश्चिमका एमाओवादी नेता तथा कार्यकर्ताहरुले लाजिम्पाटमा जम्मा भएर होलि कार्यक्रम गरेका हुन् ।

अध्यक्ष प्रचण्डसहित नेताकार्यकर्ताले रंग दलेर एक आपासमा शुभकामना आदानप्रदान गरेका छन् । कार्यक्रमपछि प्रचण्डले नेपाल बहुसंस्कृतिको धनी देश भएकाले पुराना संस्कृतिहरुलाई पनि सामाजिक सेवाको लागि मनाउनु राम्रो काम भएको बताउनु भयो । अध्यक्ष प्रचण्ड सुदुरपश्चिमको होली टोलीसँग होली नृत्यमा पनि सहभागी हुनुभएको थियो । सुदुरपश्चिममा होली पर्व, फागु पूर्णिमाको २÷३ दिन अघिदेखि मनाउने गरिन्छ ।