Thaha

Sunday 24 November - 11:09 am NST

नयाँ शक्तिले उपत्यकामा थाल्यो ‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ अभियान


काठमाण्डौं, ६ चैत । 
नयाँ शक्ति नेपालले आजदेखि काठमाडौंमा ‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ अभियान थालेको छ । नयाँ शक्ति नेपालले उपत्यका केन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु गरेको हो । २४ हप्तासम्म चल्ने अभियानमा विश्व सम्पदा सूचीमा सूचीकृत सबै ठाउँमा सरसफाइ गरिने नयाँ शक्ति नेपालले जनाएको छ ।  अभियान अन्तर्गत आज पशुपति आर्यघाट क्षेत्रमा सरसफाई गरिएको छ ।

सफाई अभियानमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ, अभिनेतृ करिश्मा मानन्धर, अभिनेता सरोज खनाल, नयाँ शक्तिका नेता कार्यकर्ताको सहभागिता थियो । अभियान कुनै राजनीतिक उद्देश्यले प्रेरित नभएको नयाँ शक्तिले जनाएको छ । यस्ता अभियान कुनै राजनीतिक पार्टीले गरेर मात्रै नहुने भन्दै नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले सबै जनता वातावरण प्रति सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।