Thaha

Saturday 21 September - 11:31 am NST

वीरमा एमआरआई सेवा सुरु

काठमाण्डौं, चैत ५ । वीर अस्पतालमा एमआरआई सेवा शुरु भएको छ । निजी अस्पतालमा महँगो मूल्यमा एमआरआई गराउँदै आएका नेपालीले अब सस्तोमै वीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्ने छन् ।  बाहिर बाह्र हजारसम्म तिर्दै आएका विरामीले अब वीर अस्पतालमा सात हजार रुपैयाँमा एमआरआई सेवा लिन सक्ने वीर अस्पतालका निर्देशक डा स्वयम्प्रसाद पण्डितले जानकारी दिनुभयो ।

१ सय २७ वर्षको इतिहास बोकेको वीर अस्पतालमा एमआरआई सेवा सुरु भएपछि सबैखाले रोगको उपचार सम्भव भएको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका प्रमुख प्रा डा श्रीकृष्ण गिरीले जानकारी दिनुभयो । यो सेवा सुरु भएपछि रेडियसनबाट हुने खतरा पनि नहुने उहाँले जानकारी दिनुभयो । आठ करोड ६१ लाखको लगानीमा अस्पतालले सेवा सुरु गरेको हो ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले आज एमआरआई सेवाको उद्घाटन गर्दै वीर अस्पताललाई सबै सेवा सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।