तामाङ घेदुङको अध्यक्षमा मोहन गोले निर्वाचित
काठमण्डौं, २ चैत ।
नेपाल तामाङ घेदुङको आठौ महाधिवेशनबाट अध्यक्षमा मोहन गोले निर्वाचित हुनु भएको छ । चितवनमा गएराति अबेर सम्पन्न महाधिवेसनमा गोलेले प्रतिस्पर्धी कुमार ब्लोनलाई २५ मत अन्तरले पराजित गर्नु भयो । गोलेले १ सय ३३ मत प्राप्त गर्नुभयो भने ब्लोनले १ सय ८ मत ल्याउनु भएको थियो । त्यस्तै, महासचिवमा बाबु घिसिङ विजयी हुनु भएको छ । उहाँले १ सय १४ मत ल्याएर बिजयी हुनुभयो, प्रतिस्पर्धी प्रतिक ङेसुरले १ सय १२ मत प्राप्त गनुभयो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बेली लामा विजयी हुनु भएको छ । १ सय २९ मत ल्याए भने प्रतिस्पर्धी सुजेन्द्र गोले १ सय ८ मत ल्याएर पराजित हुनुभयो । यसैगरी कोषाध्यक्षमा रुप योञ्जन विजयी हुनु भएको छ । उपाध्यक्षहरुमा अजितमान तामाङ, कुमार घिसिङ, रमेश तामाङ र अमिर मोक्तान विजयी हुनु भएको छ भने उपाध्यक्ष महिला कोटामा सिता गोले निर्विरोध हुनुभयो । । यस्तै सचिवमा सञ्चु ब्लोन, रामकृष्ण ब्लोन, पाल्साङ बज्र लामा र सह–कोषाध्यक्षमा मिना पाख्रिन तामाङ निर्विरोध निर्वाचति हुनुभयो ।
तामाङ घेदुङको महाधिवेसनले प्रादेशिक समितीहरु पनि गठन गरेको छ । प्रदेश नम्बर तिन बाहेक अन्य प्रदेशहरुको कार्यसमिती सर्वसम्मत चयन भएको छ । प्रदेश नम्बर ३ को अध्यक्षका लागि भएको प्रतिस्पर्धामा सोम्बले तामाङ बिजयी हुनु भएको छ । उहाँले मेम्बर लोलाई पराजित गुर्न भएको हो । प्रदेश नम्बर ३ को उपाध्यक्षमा जितबहादुर तामाङ, सचिवमा अरुण कुमार लामा र कोषाध्यक्षमा शान्ति तामाङ निर्वाचित हुनुभएको छ ।
घेदुङको तीन दिनदेखि जारी महाधिवेसनमा सर्वसम्मतिको प्रयास भए पनि अन्तमा दुई प्यानलमा निर्वाचन भएको थियो । पदाधिकारीमा गोले प्यानलबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ३, महासचिव एक, सचिव २, कोषाध्यक्ष र सहकोषाध्यक्षमा जितेको छ भने ब्लोन प्यानलबाट उपाध्यक्ष २, सचिव एक पदमा मात्रै बिजय भए ।