Thaha

Sunday 24 November - 11:05 am NST

आज विश्व मृर्गौला दिवस, जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै


काठमाण्डौं, २७ फागुन । 
विश्व मृगौला दिवस आज बालबालिका र मिर्गौला रोग, रोकथामका लागि समयमै तत्पर होऔं नाराका साथ आज विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाईंदैछ । बालबालिकामा पिसाबको संक्रमण हुने, पिसाब रोकिने समस्या बढ्दै गएको र त्यसले सिधै मिर्गौलामा असर पर्ने भएकाले सचेतना अपनाउन जोड दिंदै यो वर्षको दिवस बालबालिकामा केन्द्रित गरिएको हो । बालबालिकामा पिसाबको संक्रमण देखिंदा एक पटक जँचाएर औषधी खुवाउने तर दोहो¥याएर नजँचाउने गर्दा पछि गएर मिर्गौलाको समस्या देखिने मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो । पटक पटक पिसाब रोकिनु  र पिसाब फेर्न समस्या हुनु बालबालिकामा मिर्गौला बिग्रनुको मुख्य कारण रहेको छ ।

पानी कम पिउने, खानपानमा ध्यान नदिने जस्ता कारणले मिर्गौलामा समस्या देखिने भन्दै डाक्टर काफ्लेले घर र विद्यालयमा बालबालिकाको खानपानका बारेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । दिनमा कम्तीमा ३ लिटर पानी पिउन, मधुमेह तथा उच्च रक्तचाप सन्तुलनमा राख्न, आफूखुशी दुखाई कम गर्ने औषधी नखान र वर्षको एक पल्ट पिसाब परिक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् ।

दिवसको अवसरमा आज किड्नी फाउन्डेसनको आयोजनामा काठमण्डौंको दरबारमार्गबाट भृकुटीमण्डप सम्म ¥याली निकालिएको छ । ¥यालीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणको समेत सहभागिता रहेको थियो । सहभागीले ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ¥यालीलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री मेघराज नेपाली ‘निषाद’ले नेपालमा मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन÷कानुनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै मिर्गौला दिवसका अवसरमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले आज दरबार हाईस्कुल र संस्कृत मावि रानीपोखरीका विद्यार्थीहरुको निशुल्क परिक्षण गर्ने केन्द्रका प्रबन्धक विमल बरालले जानकारी दिनुभयो । यस्तै काठमाण्डु बाहिर चितवन, तनहुँ र विराटनगरमा पनि स्कुले बालबालिकाको निशुल्क परिक्षण गरिने उहाँले बताउनुभयो छ ।