Thaha

Saturday 21 September - 11:37 am NST

बर्दियामा जन्ति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० घाइते


काठमण्डौं, २३ फागुन । 
बर्दियामा गएराती जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २० जना घाईते भएका छन । बर्दियाको बबई नगरपालिका १० शाहीपुरबाट जन्ती लिएर धधवार फर्किदै गरेको भे १ ख ८५४ नम्बरको बस गएराती नौ बजेतिर बबईनगरपालिका ६ सैनवारमा दुर्घटना हुँदा धधवार ७ दुध्धाका विष्णु थारु,  सन्तोष थारु, निरज थारु र अरुण थारुको घटनास्थलमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

 घाईते  २० जनाको नेपालगंज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।  घाईते मध्य दुई जनाको अवस्था गम्भीर छ । चालकलाई प्रहरीले पक्रेको छ । क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । बेहुला बेहुली भने जीपमा रहेकाले सुरक्षित छन ।