Thaha

Saturday 21 September - 1:34 pm NST

भूकम्पपीडितलाई अनुदान दिन ढिलाई

काठमाडौं, २१ । भूकम्पपीडितलाई अनुदान रकम वितरणमा अझै ढिलाई हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक हप्तापछि मात्रै रकम वितरण गर्ने जानकारी दिएको हो ।  प्राधिकरणले दोलखाको सिंगटीबाट बिहीबारदेखि अनुदान रकम वितरण शुरु गर्ने भनेकोमा प्राविधिक कारणले रोकिएको बताएको छ । 
प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले जिल्ला विकास समिति र अन्य सारोकारवाला निकायसंगको समन्वयमा बैंकिङ प्रकृया मार्फत अनुदान वितरण गर्नुपर्ने भएकाले तयारी अपुग भएकोले रोकिएको जानकारी दिनुभयो । भूकम्पपीडितको बैंक खाता अनिवार्य भएकोले पिडितको खाता खोल्ने काम नहुँदा पनि ढिला भएको प्रवक्ता अधिकारीले थाहा सन्चार नेटवर्कलाई बताउनुभयो । अब सबै तयारी पुरा गरेर फागुन अन्तिमदेखि धमाधम अनुदान रकम वितरण हुने अधिकारीको भनाइ छ । 
गत वैशाख १२  र २९ गतेको भुकम्पले घर ध्वस्त भएका हजारौ भुकम्प पिडित सरकारले  दिने अनेको अनुदान रकम बेलैमा नपाएर बर्खा लाग्न थाल्दा समेत घर बनाउन नपाएपछि निरास भएका छन् ।