Thaha

Saturday 21 September - 1:16 pm NST

पाण्डेको औषधि उद्योगमा प्रहरीद्वारा सिल

Caption

 काठमाडौं, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको काठमाडौंमा रहेको औषधि उद्योगमा प्रहरीले शुक्रबार सील गरेको छ । 
पाण्डेको नारायणहिटी संग्राहलयको उत्तरढोकामा रहेको लोमस फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड र हात्तिसारमा रहेको हरीभक्त शर्माको देउराली जनता प्राईभेट लिमिटेडमा सील गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी त्रिवmमसिंह थापाले जानकारी दिनुभयो । प्रहरीले पूर्वअध्यक्ष पाण्डेका दुई छोराहरु लुमसका प्रबेलजंग र प्रचोलजंग पाण्डे तथा देउरालीका सञ्चालक हरिभक्त शर्मालाई नियन्त्रणमा समेत लिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, एसएसपी थापासहित काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले दुवै औषधि उद्योगमा छापा मारेर सील गरेको हो । 
सरकारले तोकेको दररेट भन्दा महँगो मूल्यमा औषधि विक्री गरेको पाईएकाले दुवै औषधि उद्योगमा सील गरीएको एसएसपी थापाले जानकारी दिनुभयो । मानवजीवनसँग सरोकार राख्ने महत्वपूर्ण औषधिमा पनि सरकारले तोकेभन्दा धेरै मूल्य लिएर ठगी गरेकाले दुवै कम्पनीलाई कालोबजारी ऐनअन्तर्गत मुद्धा चलाईने उहाँले बताउनुभयो ।