Thaha

Saturday 21 September - 1:32 pm NST

सिंहदरवारमा भेटिएको शंकास्पद वस्तु बम होईन, पानी तान्ने बिग्रीएको मेसीन

काठमाण्डौं, फागुन १८ । काठमाडौंको सिंहदरबार गेट नजिकै भेटिएको शंकास्पद बस्तु बम नभएको प्रहरीले पुष्टि गरेको छ । हनुमानस्थानबाट सिंहदरबार दक्षिण गेटतर्फ जाने बाटोमा बिहान शंकास्पद बस्तु भेटिएपछि बम भएको आशंकामा स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

सिद्धार्थ इन्स्यूरेन्स भवन नजिकको कलर बजार अगाडि भेटिएको बस्तु पानी तान्न प्रयोग गरिने बिग्रीएको मेसीन भएको काठमाण्डौं प्रहरीले पुष्टि गरेको छ । कसैले बिग्रीएको मेसीन फालेको प्रहरीको भनाई छ ।

शंकास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मीले केहीवेर सडक खालि गराएको थियो ।