Thaha

Saturday 21 September - 1:35 pm NST

जहाजमा बम भएको हल्ला निराधार, उडान अवतरण शुचारु


काठमण्डौं, १७ फागुन । 
लुक्लामा आज बिहान जहाजमा बम भएको भन्ने हल्ला निराधार भएको पुष्टि भएको छ । सोलुखुम्बुको लुक्लामा काठमण्डौंबाट अवतरण भएको सिम्रीक एयरको जहाज भित्र बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । बम नभएको पुष्टि भएपछि जहाजको उडान अवतरण शुरु भएको छ । विमानमा बम रहेको हल्ला चलेपछि लुक्ला विमानस्थल बन्द गरिएको थियो ।

सिम्रिक एयरको डोर्नियर जहाजभित्र भेटिएको कागजमा ‘खबरदार जहाजमा बम छ’ लेखिएको थियो । बम राखिएको भन्ने कागज भेटिएपछि विमानस्थलमा त्रास फैलिएको थियो । सुरक्षा जाँचका लागि केहिबेर उडान अवतरण सबै बन्द गरिएको र सुरक्षाकर्मीले बम नभएको क्लीयरेन्स दिइसकेकोले उडान सूचारु भएको प्रहरी निरीक्षक पुस्कर बोगटीले थाहा सन्चार नेटवर्कलाई जानकारी दिनुभयो । उहाँले गलत हल्ला फैलाएर त्रसित बनाउने ब्यक्ति पहिचान नभएकोले अनुसन्धान भइरहेको बताउनुभयो ।