Thaha

Saturday 21 September - 1:18 pm NST

धनुषाको सबैलामा विवाह समारोहमा गोली चल्दा दुइजना घाइते


काठमण्डौं, १६ फागुन । 
धनुषाको सबैलामा विवाह स्थलमा प्रहरी हवलदारले चलाएको गोली लागि दुई जना घाईते भएका छन । सबैला नगरपालिकाको वडा नम्बर ८ गोविन्दपुरमा प्रहरी हवल्दार सुरेन्द्र यादवले गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन ।

गोली लागेर स्थानीय विमल मण्डल र कमलेश मण्डल घाईते भएका छन । यादवले नाचगानका क्रममा स्थानीयसंग विवाद गरेर गोली चलाएका थिए । प्रहरीले वैवाहिक कार्यक्रमको क्रममा युवाहरुको झगडामा शान्त गर्नका गएका प्रहरीलाई लक्षित गर्दै गोली चलाएपछि जवाफी कारवाही गरेको जनाएको छ । घाईतेको जनकपुर अंचल अस्पतालमा उपचार भैरहेको छ । गोलीकाण्डका विषयमा अहिले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।