Thaha

Saturday 21 September - 1:18 pm NST

आफ्नो स्विकृत विना घर बनाउन र रकम वितरण गर्न प्राधिकरणको रोक

काठमाण्डौं, फागुन १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो स्वीकृति बिना व्यक्तिगत घर बनाउन र रकम वितरण गर्न विभिन्न संघ, संस्थालाई रोक लगाएको छ । आवासीय भवन निर्माण गर्ने कार्यमा प्राधिकरणसँग समन्वय गर्न र एकरुपता कायम गर्न तथा भवनको प्राविधिक पक्ष सुनिश्चित गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको हो ।

प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले गैरसरकारी संस्थाको संलग्नतालाई व्यवस्थित गर्न खोजिएको र सधैंलाई रोक लगाउने प्राधिकरणको मनसाय नरहेको स्पष्ट पार्नुभयो । प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा विभिन्न संघ, संस्थाले व्यक्तिगत घर तथा रकम वितरण गरिरहेको सूचना प्राप्त भइरहेको भन्दै आफ्नो स्वीकृतिबिना त्यस्तो कार्य बन्द गर्न हिजो सार्वजनिक सूचना जारी गरेको थियो ।

सरकारले गठन गरेको प्राधिकरणले भूकम्पपछिको पुननिर्माण, पुनस्र्थापनाको लागि नीतिगत व्यवस्था, कार्यान्वयन प्रक्रियालगायत आवश्यक काम अगाडि बढाएको जनाएको छ ।