Thaha

Saturday 21 September - 1:14 pm NST

प्लाष्टिकको झोला प्रतिवन्धको कार्यवन्यनमा कडाई गरिने


काठमण्डौं, १४ फागुन । सन्चु ब्लोन ।
सरकारले काठमाण्डौं उपत्यकामा लगाइँदै आएको प्लाष्टिक झोलाको प्रतिवन्धलाई थप कडाई गर्ने जनाएको छ । जनसंख्या तथा वातावारण मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भुकम्प र नाकाबन्दीका कारण कार्यवन्यनमा केहि खुकुलो भएको भएपनि  अब प्रतिवन्धीत झोलाको उत्पादन तथा प्रयोग गर्नेलाई कारबाहीमा तिब्रता दिइने जनाएको हो ।  मन्त्रालयका सचिव विजय कुमार मल्लिकले अब देश सहज अवस्था आइसकेको भन्दै पहिलेकै गतिमा काम हुने बताउनुभयो । 


प्लाष्टिकका झोला आयत, भण्डारण, बिक्री वितरण तथा प्रयोग गरे नगरेको अनुगमनलाई तिब्र पारिने भन्दै सचिव मल्लिकले यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । उद्योगी, ब्यापारी, सुरक्षा निकाय, आम प्रयोगकर्ता नागरिकले साथ नदिए उपत्यकालाई सफा र प्रदुषण मुक्त बनाउने अभियान सफल नहुने विगतका भोगाईले सिकेको उहाँले बताउनुभयो । सचिव मल्लिकले कालिमाटी तरकारी बजारमा अनुगमन गर्न गएका सरकारी अनुगम टोलीलाई ब्यापारीहरुले लखेको र उद्योगमा छापा मार्दा धम्कि आएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 


वातावरण मन्त्रालयले हाल सम्म मापदण्ड विपरितका प्लाष्टिकका झोला बिक्री वितरण गरेका १३ विक्रेतालाई कारबाहि गरेको जनाएको छ । यहि फागुन ११ गते पाटन औद्योगिक क्षेत्रमा रहेको राधाकृष्ण प्लाष्टिक उद्योगमा अनुगमन गर्दा ७ सय ३ केजी प्लाष्टिकका झोला जफत भएको र उद्योग कारबाहीको प्रकयामा रहेकोे वातावरण विभागका महानिर्देशक जगदिशभक्त श्रेष्ठले जानकारी दिनुभयो । सरकारले गत बैशाख १ गतेदेखि उपत्यकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोला आयात, उप्पादन तथा प्रयोगमा रोक लगाएको छ । नियम उलंघन गरेको पाइएमा वातावरण संरक्षण ऐन अनुसार उद्योग बन्द गराउन सक्ने र ५० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने ब्यवस्था छ ।