निर्माणाधिक विमानस्थलको प्रधानमन्त्रीद्धारा अवलोकन
काठमाण्डौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा गुणस्तरीयता कायम राख्न निर्देशन दिनुभएको छ । राष्ट्रिय गौरवको यो परियोजनाको निर्माणकार्य निर्धारित समयमै सम्पन्न गर्न पनि निर्देशन दिनुभयो ।
आज निर्माणाधीन विमानस्थलको स्थलगत अवलोकनपछि प्रधानमन्त्री ओलीले निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीको अभाव हुन नदिईने पनि बताउनुभयो । एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा बनाउन लागिएको विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले लिएको छ ।
६ अर्ब २२ करोड ५१ लाख रुपैंयाको लागानीमा सन् २०१८ मा सञ्चालन हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण भईरहेको छ । अहिले ३ हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे, टर्मिनल भवन लगायतको निर्माण कार्य भइरहेका छन् ।