Thaha

Saturday 21 September - 1:26 pm NST

थाहा सञ्चार हेटौंडाले आयोजना गरेको खेलमा राजनीतिक दल विजयी

काठमाण्डौ, ७ फागुन । रेडियो थाहा सञ्चार हेटौंडाले आयोजना गरेको मैत्रीपूर्ण खेलमा राजनीतिक दलको टोलीले पत्रकारको टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । रेडियोको आठौं बार्षिकोत्सवको अवसरमा विहान वन विज्ञान अध्ययन संस्थानमा खेल भएको हो । राजनीतिक दलका तर्फबाट अजय मानन्धरले ह्याट्रिक गरे भने निरजसिंह ठकुरीले एक गोल हाने । पत्रकारका तर्फबाट सुवास बिडारी र बिक्रम बानियाँले गोल गरे ।  सुमन भोम्जन स्मृति फाउण्डेसनको सहयोगमा खेल आयोजना गरिएको हो ।

बार्षिकोत्सवकै अवसरमा हिजो रेडियोले गरेको रक्तदान कार्यक्रममा एक सय ५ जनाले रक्तदान गरेका थिए । रेडियो थाहा सञ्चार ९९ दशमलब ६ मेगाहर्जले २०६४ फागुन ७ गते प्रशारण शुरु गरेको थियो । २०७२ बैशाखदेखि भने काठमडौंमा रेडियो थाहा सन्चार ९९ दशमलब ४ मार्फत थाहा सन्चार नेटवर्कको रुपमा अहिले विभिन्न एफ.एम रेडियोसहित देशैभर पहुँच बिस्तार गरेको छ ।